Sajhamanch Archive

कोरोनाभाइरसः ‘टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइनहालौं’

Published: in राष्ट्रिय समाचार by .

संक्रमण रोगका अनुसन्धानकर्ता डा. सुरज भट्टराईले कोरोनाभाइरसको टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइहाल्न नसकिने तथ्य औंल्याएका छन् ।

ट्वीटरमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् ।

आफ्नो ट्वीटर ह्याण्डल Suraj Bhattarai@DrBhattaraiS मा ट्वीटहरु गर्दै उनले लेखेका केही महत्वपूर्ण र ध्यानदिन योग्य कुराहरु निम्नानुसार छन् :

संक्रमित व्यक्तिमा भएको भाइरसको RNA क्षत-बिक्षत(degradation) भयो भने टेस्ट नेगेटिभ आउछ जसलाई फल्स नेगेटिभ (False Negative) भनिन्छ! टेस्ट फल्स नेगेटिभ आएको व्यक्तिले सजिलै अरुहरुलाई भाइरस  सार्न सक्छ ..

संकास्पद संक्रमित व्यक्तिबाट लिइने सिंगान/र्‍यालको संकलन, स्टोर, ओसारपसार (transport), प्रोसेसिङ (processing) र टेस्टकै पद्धति पनि उत्तिकै महत्वपूर्ण छ, जुन नेपालमा उचित र स्तरअनुरुप भए जस्तो लाग्दैन, जसका कारण टेस्टबाट नेगेटिभ भनिएका व्यक्तिहरुमा भएको भाइरस सजिलै अरु व्यक्तिमा सर्न सक्छ…

नेपालमा यस्ता प्राविधिक विधिहरुको निगरानी (supervision/ monitoriing वा quality check/assurance गर्नु पर्ने हो जुन गरिएको जस्तो लाग्दैन..

विश्व स्वास्थ्य, संक्रमणरोग, epidemiology र चिकित्सकीय अनुसन्धानको अनुभव र केही वर्ष नेपालकै ठुलो अस्पतालमा निमोनिया-सम्बन्धी अनुसन्धान गर्ने क्रममा ५०० भन्दा बढी बिरामीको स्वासप्रस्वास नमूना आफैले संकलन, स्टोर, transport र मोलेक्युलर टेस्ट गरेको प्रोसेसिङ गरेको अनुभवको आधारमा लेखिएको ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *