Sajhamanch Archive

चैतमा बैंकको किस्ता तिर्न नसक्नेलाई असारको सीमा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । चैतमा बैंकलाई बुझाउनुपर्ने मासिक वा त्रैमासिक किस्ता बुझाउन नसक्नेलाई २०७७ असार मसान्तसम्मको सीमा अवधि दिइएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। असार मसान्तसम्म किस्ता बुझाउँदा बैंकले थप कुनै शुल्क वा ब्याज भने लिन पाउने छैनन्। क्रेडिट कार्डको हकमा पनि यही व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसले सबै व्यवसायमा असर परेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो।

यदि कसैले चैतमा किस्ता भुक्तानी गर्न आएमा उसलाई ब्याज रकममा १० प्रतिशत छुट पाउने छ। छुट रकम आधार दरभन्दा तल भने दिन पाइँदैन।

गत पुस मसान्तसम्म ब्याज तथा साँवा भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरुले अल्पकालिन कर्जाको माग गरेमा साँवा तथा ब्याज बक्यौता रहेता पनि आवश्यकता अनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाइ ५ दिनभित्र दिइसक्नु पर्छ। यस्तो कर्जा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढि शुल्क लिन पाइँदैन।

राष्टंर बैंकबाट स्वीकृति लिएर गत पुस वा चैत मसान्तसम्मका लागि ब्याज पुँजीकरण गरिएका ऋणीहरुको हकमा आगामी असार मसान्तसम्मका लागि ब्याज पुँजीकरण गर्न सकिने ब्यवस्था पनि गरिएको छ।

चैत मसान्तसम्म ब्याज पुँजीकरण गरिएका ऋणीको हकमा २०७७ असार मसान्तसम्म पुँजीकरण गर्न सकिनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *