खुल्ला सिमानाको चोरबाटो हुँदै नेपाल छिर्छन शंकास्पद व्यक्त्ति
Published:
by .
विराटनगर । भारतसँग सिमाना जोडिएको मोरङको सुनबर्षी नगरपालिका प्रमुख कालीकुमार लाल दासका अनुसार त्यहाँ खुल्ला सिमाानाको चोरबाटो प्रयोग गरेर घरमा आएर चुपचाप बसेका ११ जना शंकास्पद मानिशहरु फेला परेका छन । उनीहरु मध्ये ९ जनालाई स्वास्थ्यकर्मीको निरानीमा होम क्वारेन्टाइमा राखिएको छ । दुई जना अझै सम्पर्कमा आएका छैनन ।
चोरबाटो प्रयोग गरेर भारतबाट घरमा आएर बसेको सूचना घरपरिवारले पालिका र प्रहरीलाई दिन पनि आनाकानी गरेका थिए ।
कडाईसाथ चेतावनी दिएर सोधपुछ गरेपछि मात्र उनीहरुले थाहा दिएका थिए । नगरप्रमुख दास नाकाहरुमा कडाई भएपनि खुल्ला सिमाना चुनौती बनिरहेकोले कोरोना भाइरस संक्रमण रोकथाम नभएसम्म सिमा क्षेत्रमा गस्ती बाक्लोगरि बढाउनु पर्ने बताउँछन । भन्छन , – ‘लकडाउनको अवस्था छ यसैले युवाहरु परिचालन गर्न पनि गाह्रो छ सिमानामा गस्तिी बढाउनुको बिकल्प छैन ।,
भारतसँग सिमाना जोडिएको रंगेली नगरपालिकाले भारतबाट चोरबाटो प्रयोग गरेर आएका र गुपचुप बसेकाहरुलाई खोज्न ‘हामी प्रहरीको साथी’ अभियान सुरु गरेको छ ।
नगरप्रमुख दिलिप बगडियाका अनुसार एउटा वडामा १० जना युवाहरुलाई लोगो र टीसर्ट दिएर प्रहरीसँगै सुरक्षित रुपले घरघर परिचालन गर्न थालेको छ ।

उदाहरणमा प्रस्तुत गरिएका दुई प्रतिनिधि घटनाले के प्रस्ट पारेको छ भने विश्वभरी तीब्रगतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न नेपाल भारत दुबै देश लकडाउनमा भएपनि खुल्ला सिमाना भने अझै चुनौती बनिरहेको छ ।
लकडाउनको समयमा दुबै देशका नाकाहरुमा कडा सुरक्षा व्यावस्था र हेल्थ डेस्क तैनाथ भएपनि खुल्ला सिमानाको फाइदा उठाउदै चोरबाटो प्रयोग गरेर मानिशहरु नेपाल प्रबेश गरिरहेका छन ।
खासगरि चोरबाटो प्रयोग गरेर लुकेर नेपाल आएका शंकास्पद मानिशहरु एक नम्बर प्रदेशको दक्षिणतर्फको नेपाल भारत खुल्ला सिमानाको फाइदा उठाउदै नेपाल छिरेक मानिशहरु झापा , मोरंङ र सुनसरीमा प्रशस्त भेटिन थालेका छन ।

तथ्यांङक अनुसार कोशी पुर्व सुनसरी , मोरङ र झापा जिल्लाको दक्षिणतर्फ २ सय २५ किलोमिटर लामो सिमाना छ । नेपाल र भारतको खासखास ठाउँमा सुरक्षाकर्मी सहितको नाका भएपनि सबैतिर दशगजा नै जोडिएका खुल्लास्थानहरु छन ।
सिमा क्षेत्रमा भारतले तीन किलोमिटर दुरीमा सिमा सुरक्षा बल (एसएसबी) क्याम राखेपनि नेपालमा भने शसस्त्र प्रहरी सिमा सुरक्षा क्याम्पको दुरी ६ किलोमिटर भन्दा बढी छ । नेपालतर्फ केही नाकाहरु उत्तर मात्र सिमित प्रहरी चौकीहरु छन ।
नेपाल भारत दुवैतर्फ अहिले बाक्लो मकैबारी मौलाइरहेको छ । यसैले चोरबाटो प्रयोग गर्दै नेपाल छिरेका मानिशहरुलाई नत सुरक्षाकर्मीहरुले थाहा पाउँछन नत स्थानियले पत्तो पाउँछन । अर्कोतिर सिमा क्षेत्रमा घर भएका मानिशहरु चुपचाप घरमा आएर बस्ने गरेका छन । उनीहरु आएको परिवारले पनि जानकारी दिनेगरेका छैनन ।
सिमाना जोडिएको मोरङको रतुवामाई नगरपालिका प्रमुख रविन राईले टोली बनाएर घरघरमा खोज्दा नगरभरि १ सय २० जना बिदेशबाट आएकाहरु फेला परेका थिए । ती मध्ये ९६ जना भारतबाट आएकाहरु मात्र थिए ।
उनीहरु सबैलाई थर्मामिटर दिएर दैनिक ज्वरोको रिर्पोटिङ गर्नेगरि स्वास्थ्यकर्मीको निगरानीमा होमक्वारेन्टाइमा राखिएको छ । नगरप्रमुख राईका अनुसार भारतबाट आउनेजति आइसकेकोले अब नाकाबाट आउनेहरु सकिएको तर एक दुई चोरबाटोबाट भने आउनसक्ने बताउँछन । मोरङ जहदा गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डल खुल्ला सिमानाको चोरबाटो प्रयोगलाई रोक्न सुरक्षाकर्मीको कडा गस्ति मात्रै उपाय हो भन्छन ।
सुनसरीको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी नेपाल भारत खुल्ला नाकाहरु मात्र नभएर सबै सिमा क्षेत्रमा लङरेन्ज , सर्टरेन्ज सबैखाले मोवाइल गस्ती मात्र नभएर सादा पोशाकका प्रहरीहरुको गस्ती पनि बढाउनु पर्ने बताउँछन ।
नाकाहरु सबै नाकाहरु बन्द भएपनि र सुरक्षा कडा रहेपनि दुवैतर्फ घना मकैबारी सहितको खुल्ला खेतहरुबाट शंकास्पद मानिशहरु भित्रदैनन भन्न नसकिने उनी बताउँछन । अध्यक्ष अन्सारी दोस्रो तेस्रो मुलुक जहाँबाट आएपनि लकडाउन समयमा पनि नाकाहरुबाट नेपालीहरुलाई आउन दिनुपर्छ भन्छन ।
उनका अनुसार नाकाबाट छिर्न पाइदैन भन्ने भयले मानिशहरुले खुल्ला सिमानाको चोरबाट प्रयोग गर्ने गरेका हुन ।भन्छन , – ‘आउन चाहने नेपाली नागरिकहरुलाई आउन नदिदा समस्या देखिएको हो यसबारे सरकार सचेत हुनुपर्छ ।,

सिमाना जोडिएको सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चौधरी पनि नेपाली सेना , शसस्त्र प्रहरी र नेपाल प्रहरी नाकाहरुमा भएपनि खुल्ला सिमाना क्षेत्रको निगरानी अति आवश्यक मान्छन । उनको पालिकामा फेला परेका ५० जना बिदेशबाट आएका शंकास्पद व्यक्त्ति मध्ये १५ दिन अघि आएका ४० जना छन ।
झापाको मेचीनगर नगरपालिकाको खुल्ला सिमानाबाट दिनहु शंकास्पद मानिशहरु नेपाल छिर्ने गरेका छन । तर सक्रिय सर्तकताले गर्दा उनीहरु चाडै नियन्त्रणमा आउने गरेका छन ।
मेची नपा कोरोना भाइरस संक्रमण रोकथाम सर्तकता समिति संयोजक टिकाराम मग्रातीका अनुसार शनिवार पनि सतिघटा क्षेत्रबाट सुर्खेत र जुम्लाका ९ जना शंकास्पद मानिश नेपाल आएका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिएर स्थानिय क्वारेन्टाइनमा राखिएको छ ।यस्तै १२ जना मानिशहरु चोरबाटो प्रयोग गरेर नेपालपसी हिँडेर चारआली सम्म पुगिसकेका थिए । उनीहरुलाई पनि प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएएको थियो ।
तीन जना मानिश मोरङको उर्लाबारीबाट नियन्त्रणमा आएका छन । समिति संयोजक मग्राती भन्छन , –‘हामीले खुल्ला सिमा क्षेत्रमा पनि सर्तक भएर निगरानी गरिरहेका छौ तर मानिशहरु छिर्नेक्रम चाँही रोकिएको छैन यसैले शसस्त्र सुरक्षा गस्ती बढाउनुको बिकल्प छैन ।,
सिमाना जोडिएको मोरङको निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद जयराम यादब लकडाउनपछि चोरबाटोबाट आउने शंकास्पद मानिशहरु कोरोना भाइरस रोकथाममा चुनौती बनिरहेको बताउँछन ।
भारतमा काम गर्न गएका मजदुरहरु त्यहाँको लकडाउन उल्लंघन गर्दै घरतर्फ आउनेक्रम जारी छ । यसैले नेपालबाट गएका नेपालीहरु पनि चोरबाटोबाट आउदैनन भन्न सकिदैन । सांसद यादब भन्छन , – ‘यसैले बोर्डको नाकामा मात्र हैन सबैतिर सबैबाट उच्च सुरक्षा सर्तकता अपनाउन आवश्यक छ ।,
Comments