शिवसताक्षीका अति विपन्न परिवारलाई तीन संस्थाद्वारा राहत वितरण
Published: (Updated: )
by .
शिवसताक्षी । कोरोना भाइरसका कारण लकडाउनको समय थपेसँगै शिवसताक्षीका अति विपन्न परिवारलाई राहत वितरण गर्न थालिएको छ ।
शिवसताक्षीका तीन संस्थाले सोमबार नगरका १,४,५,६ र ७ नंं. वडाका अति विपन्न ७० घर परिवारलाई राहत वितरण गरेका हुन् । सतासीधाम जेसीज, लाइनस क्लब अफ शिवसताक्षी र गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष क्रमश कुमारसिंह साँवा, सन्तोष थोप्रा र इन्दिरा गौतमले संयक्त रुपमा राहत वितरण गरेका सतासीधाम जेसीजका पूर्व अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।
एक परिवारमा पाँच भन्दा बढी सदस्य भएका २५ परिवारलाई २५ केजी चामल १ केजी दाल, १ लिटर तेल, १ केजी नुन वितरण गरिएको छ भने ५ सदस्य भन्दा कम भएका ४५ परिवारलाई १५ केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ केजी नुन वितरण गरिएको लाइन्स क्लब अफ शिवसताक्षीका प्रेसिडेन्ड सन्तोष थोप्राले जानकारी दिए । उनले मंगलबार नगरका २, ३, ८, ९, १० र ११ नं. वडामा राहत वितरण गर्ने बताए । तीन संस्थाले शिवसताक्षीमा करिव २ लाख बराबरको १५४ घरपरिवारलाई राहत वितरण गर्ने जनाएका छन् ।
Comments