विपन्न परिवारलाई राहत बाँड्दै वडाध्यक्ष इजम
Published: (Updated: )
by .
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का ७८ अति विपन्न तथा अशक्तलाई राहत वितरण गरिएको छ ।
वडा नं. ७ वडाध्यक्ष नबिन ईज्जमले कोभिड १९ भनिने कोरोना भाईरसका कारण गरिएको लकडाउनका कारण वडाबासीहरुलाई खाद्यान्न अभाव हुन नदिन खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
वडा भित्र रहेका अति विपन्न वर्गको ४ जना सदस्य रहेका परिवारलाई प्रति परिवार १५ किलो चामल, तेल , दाल, नुन र ४ जना भन्दा बढी सदस्य रहेको परिवारलाई २५ केजी चामल, दाल , तेल , नुन लगायतका खाद्य सामग्रीहरु वितरण गरिएको थियो । यस्तो महामारीको अवस्थामा वडाका कोही पनि बासिन्दा भोकै बस्नु नपर्ने अध्यक्ष ईज्जमले बताए । उनले आफ्ना वडाका विपन्न परिवारको गाँस, बाँस र सुरक्षा वडाले गर्ने उनले जानकारी दिए ।
नगरबाट आउने सिलिङ बजेटबाट वडाको विपद् व्यवस्थापन कोषमा १ लाख राखिएको थियो । सोही रकमबाट बिहान बेलुकाको हात मुख जोड्न धौ धौ भएका परिवारलाई राहत सामाग्री प्रदान गरिएको वडाले जनाएको छ ।
Comments