Sajhamanch Archive

नेपाली कांग्रेसले राहत संकलन गरी दमक नगरपालिकालाई बुझाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दमक । नेपाली कांग्रेस दमकले लकडाउनका बेला बिपन्न समुदायलाई राहत संकलन गरी नगरपालिकाको राहत कोषमा जम्मा गर्ने भएको छ ।

कांग्रेस दमक नगर समितिको आज बसेको बैठकले राहत संकलन र वितरण एकद्वार प्रणाली मार्पmत गर्ने निर्णय गरेको हो । लक डाउनको बेलामा प्रबिधिको प्रयोग गर्दै भिडियो कन्फरेन्स मार्पmत बसेको बैठकले पार्टीका सबै वडा समितिबाट राहत संकलन गरी नगर समिति मार्पmत नगरपालीकाको कोषमा जम्मा गर्ने निर्णय गरेको नगर सभापती रोशन विष्टले जानकारी दिए ।

दैनिक काम गरेर परिवार पाल्दै आएका बर्गहरु लक डाउनको समयमा समस्यामा परेको भन्दै पार्टी सबै कार्यकर्ताहरुलाई राहत संकलन अभियानमा सरिक हुन आग्रह समेत गरेको छ । कोरोना संक्रमणको जोखिम हुने हुनाले एकै ठाउँमा भिड गर्ने भन्दा पनि टोलबाट रकम संकलन गरी वडा समिति र वडाबाट नगरमा जम्मा गर्न आग्रह गरिएको नगर सचिव प्रकाश प्रसाईंले जानकारी दिए । कांग्रेस सदैब विपन्न समुदायको पक्षमा रहने भन्दै उनले कोही नागरिक पनि खाना खानबाट बन्चित हुन नपर्ने बताए ।

यसै बीच कांग्रेस दमक ५ वडा समितिले आजैबाट रकम जुटाउन सुरू गरेको छ । वडा समितिले चैतन्य बरालको संयोजकत्वमा राहत संकलन सुरु गरेको हो । पार्टीका वार्ड सभापति राजु राउत, सम्योजक बराल लगायतको सकृयतामा जारी संकलनको क्रममा आज ११ जनाबाट कुल २२ हजार रुपैयाँ जुटाएको बरालले जानकारी दिनुभयो । सो रकम पार्टीको नगरसमिति मार्फत दमक नगरपालिकाको राहत कोषमा हस्तान्तरण गरिने संयोजक बरालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *