Sajhamanch Archive

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार by .

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघेको छ। यसको अर्थ अमेरिकामा मृतकहरुको संख्या चीनकै आसापस पुगेको छ। चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ३ हजार १ सय ६५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरुको संख्या १ लाख ६४ २ सय ५३ पुगेको छ। अमेरिकामा संक्रमितहरुको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि चुलिँदै गएको हो। जोन्स हपकिन्स विश्‍विद्यालको ताजा तथ्यांक अनुसार इटालीमा अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ संक्रमणको दर विस्तारै ओरालो लागिरहेको छ। इटालीमा अहिलेसम्म एक लाख एक हजार सात सय संक्रमित भएका छन्।

इटालीमा कोरोना भाइरसको संक्रमणबीच लकडाउनको समय सीमा अझै बढाइने भएको छ। अमेरिकी सरकारका संक्रामक बिरामी विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसले एकदेखि दुई लाखसम्म मानिसको ज्यान जाने चेतावनी दिएका छन्। विश्‍वभरमा कोरोना भाइरसबाट अहिलेसम्म ३७ हजार हजार आठ सय १५ मानिसले ज्यान गुमाइसकेका छन्। यसबाट संक्रमित मानिसको संख्या पनि चुलिँदै गएको छ। अहिले विश्‍वभरमा ७ लाख ८५ हजार ७ सय ७७ मानिस संक्रमित छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि ुसोशल डिस्टेन्सिङ्ग गाइडलाइन्सु को समयसीमा ३० अप्रिलसम्म बढाएका छन्। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ जनाको ज्यान गएको छ। १२ सय भन्दा धेरै संक्रमणको पुष्टि भइसकेको छ। कोरोनाबाट संक्रमणको मामिलामा अमेरिकामा चीन भन्दा दुई गुणा पुगेका छन्। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख ६४ हजार दुई सय ५३ पुगेको छ। जबकि चीनमा संक्रमितको संख्या ८१ हजार ५ सय १८ मात्रै थियो। चीनले समयमै कोरोना संक्रमणलाई रोक्न सकेकाले त्यहाँ संक्रमित र मृतकको संख्या अहिले रोकिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि अमेरिकामा कोरोना भाइरसबाट हुने मृत्युको संख्या एक लाखसम्ममा रोकियो भने त्यो नै ठूलो उपलब्धी हुने पनि बताउन भ्याएका छन्। कोरोना संक्रमितको हिसाब गर्ने हो भने अमेरिका पहिलो नम्बरमा छ।

दोस्रो नम्बरमा संक्रमितको हिसाबले इटाली छ भने तेस्रोमा स्पेन छ जहाँ करिब ८८ हजार मानिस संक्रमित छन्। चीनको वुहान शहरमा कोरोना भाइरस संक्रमणको एक नया मामिला आएको छ। वुहानमा एक सातादेखि नयाँ केस दर्ता भएको थिएन। यस्तोमा एक साताान पहिलो केस भेटिएको हो। तर ३० मार्चसम्म चीनमा ४८ नयाँ केस भेटिएका थिए। यी सबै विदेशबाट फर्किएका हुन्। यसका साथै चीनको हिबेई प्रान्तमा एक व्यक्तिको मृत्युको समाचार आएको छ। कोरोना भाइरसको शुरुवात चीनको वुहान शहरबाट भएको थियो। जहाँ गत साल डिसेम्बरमा कोरोना भाइरसको पहिलो केस पत्ता लागेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *