Sajhamanch Archive

सरस फुड इन्डस्ट्रीमा आगलागी

Published: in राष्ट्रिय समाचार by .

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ ।

स्थानीयका अनुसार उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एक दमकलद्वारा आगो निभाउने काम भइरहेको छ ।

आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । आगलागी विद्युत सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *