Sajhamanch Archive

सुरक्षित छन्, अध्ययनका लागि विदेशिएका नेपाली विद्यार्थी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । कोरोनाको कहर चलिरहँदा नेपालबाट विदेशमा अध्ययन गर्न गएका विद्यार्थी सुरक्षित रहेका छन् । नेपाल शैक्षिक परामर्श संघ झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले झापाबाट बिदेशमा अध्ययन गर्न गएका विद्यार्थीमा अहिलेसम्म कुनै समस्या नआएको बताए ।

हाल झापाबाट मात्र १५ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कट्टेलका अनुसार हामी आवद्ध परामर्श केन्द्रबाट गएका विद्यार्थी र अभिभावकसँग सम्पर्कमा छौं । अहिलेसम्म कुनै समस्या आएको छैन । बिशेष गरेर जापान ,अस्ट्रेलिया लगायतका मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।

भारतमा पनि विद्यार्थी छन् तर सबै परामर्श केन्द्रबाट गएका छैनन् र यो रेकर्ड हामीसँग हुँदैन तर अन्य मुलुकमा गएका विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौ । कुनै समस्या आए सहजीकरण गर्ने उनले बताए । सचिव मदन बुढाथोकी भन्छन्, हामीले सरकारसँग आग्रह गरेका छौं । नेपाली विद्यार्थी नेपाल आउन चाहन्छ्न भने सुरक्षित अवतरण गराउनु पर्छ ।अहिले काम गर्न समस्या छ विद्यार्थीलाई सम्बन्धित देशमा रहेको नेपाली राजदुतावासमा सम्पर्क गर्न विभिन्न माध्यमबाट आग्रह गर्छौ । इक्यानमा आबद्ध १५ वटा संस्था अपडेटमै छौं संकटको बेला सबैसँग समन्वय गर्न तयार छौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *