Sajhamanch Archive

शिवसताक्षीको क्वारेन्टाइनमा ६ जना सबैको अवस्था सामान्य

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरसको संक्रमणको आंशकामा ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

नगरपालिकाले व्यवस्थापन गरेको शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित साविकको झरना प्राविको भवनमा नगरका ६ जनालाई राखिएको हो । मलेशियाबाट आएका १ जना र उनको परिवारको १ सदस्य, कतारबाट आएका २ जना र भारतबाट आएका २ जना रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको क्वारेन्टाइनमा खटिएका सि.अ.हे.व. रोसन अधिकारीले जानकारी दिए । प्रत्येक २ घण्टामा उनीहरुको तापक्रम मापन गरिएको र हालसम्म उनीहरुमा कुनै प्रकारको समस्या नआएको उनले बताए । क्वारेन्टाइनमा बस्नेहरुका लागि खाना, खाजा र चियाको लागि छुटै क्यान्टिङ्ग बनाई नगरपालिकाले उपलब्ध गराई रहेको छ । क्वारेन्टाइन स्थलमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु टोली रहेको र एम्बुलेन्स पनि राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुका लागि वाइफाई समेतको व्यवस्था गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *