Sajhamanch Archive

बालउद्घार केन्द्रलाई थापा र कार्कीद्वारा खाद्यान्न सामग्री प्रदान

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ७ मा रहेको जागृत बालउद्घार केन्द्र नेपाललाई युवा व्यवसायी बालकृष्ण थापा र नेत्र कार्कीले खाद्यन्न सामग्री प्रदान गरेका छन् ।

दाताहरुकोे सहयोगमा केन्द्रमा रहेका बालबालिकालाई खानपिनकोे व्यवस्था गरिएको भएपनि केही दिन यतादेखि दाताबाट राहत सामग्री आउन छाडेपछि केन्द्रमा रहेका बालबालिकका भोकभोकै हुुने अवस्था आएको सामजिक सञ्जालम तस्वीर सार्वजनिक भएको थियो । तस्वीर देखेपछि ट्राभल संघ झापाका अध्यक्ष कार्र्की र नेकपाका युवा नेता थापासहितको टोली बुधबार केन्द्रमै पुगेर ३० केजी चामम र ६५ केजी आलु केन्द्र्रका सञ्चालकलाई प्रदान गरेका हुन् ।

सो बालउद्घार केन्द्रमा आठ जना बालक र ६ जना बालिका गरी १४ जना बालबालिका आश्रित छन् । दाता थापा र कार्र्कीले संयुक्तरुपमा प्रदान गरेको राहत सामाग्री केन्द्रका सञ्चालक विकास देवकोटा र अर्जुन देवकोटाले ग्र्रहण गरेका थिए । यस्तो दुुःखका समयमा दाताहरुले देखाएकोे सहयोगको उनीहरुले प्रशंसा गदैं धन्यवाद दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *