निर्माण व्यवसायी क्लबको पहलमा मजदुरलाई घर–घर पुर्याइयोः संयोजक निरौला
Published:
by .
विर्तामोड । झापामा रहेर निर्माणका क्षेत्रमा काम गरिरहेका १ हजार मजदुरलाई घर पुर्याइएको छ।अन्य जिल्ला र भारतमा समेत मजदुरहरु धेरै दिनसम्म हिडेर आफ्नो गन्तव्यमा पुगेका समाचार आइरहेको छन् ।
झापामा जिल्ला बाहिरका मजदुरलाई उनीहरुको घर वा क्षेत्रमा पुर्याउने र पठाउने काम भएको छ। निर्माण व्यावसायी संघ आबद्ध निर्माण व्यावसायी क्लबको पहलमा उनलाई घर पुर्याउने काम भएको क्लबका संयोजक पुष्पराज निरौलाले जानकारी दिएका छन् । एकसाता लामो लकडाउनसम्म हामीले पर्खने काम गरेको र पुन लकडाउनको समय बढेपछी जिल्ला प्रशासन कार्यालय झापाको सहयोगमा उनिहरुलाई सम्बन्धित ठाउँमा पुर्याउने काम गरेको निरौलाले बताए ।
काठमाडौ, बिराटनगर, चितवन लगायतका मजदुर रहेका छन् । हाल झापामा निर्माणसँग आबद्ध भएर जिल्ला बाहिरका १० हजार मजदुर काम गरिएरका छन् । उनीहरुको स्वास्थ्य र गाँसबासका लागि हामीले समन्वय गरिरहेका छौं । निरौलाले भने, हाम्रा मजदुर साथीहरू समस्यामा परे खान समस्या भए निर्माण व्यावसायी संघले जुनसुकै जिल्लामा भएपनी सहयोग गर्छ, हामी समन्वय गर्छौ । वर्तमान समयमा हामी राष्ट्रिय संकटमा छौं । राज्यले सहयोग मागे निर्माण क्षेत्रमा आबद्ध संस्थाले सहयोग गर्न तयार छ। हामीसँग गाडी लगायतका आयात गर्ने सामाग्री छ । आवश्यक परेमा सहयोग गछौं, उनले भने । हाल झापामा ३ सय २५ वटा बढी निर्माण व्यावसायी दर्तामा छन् भने ५० वटा सकृय रुपमा काम गरिरहेका छन् ।
Comments