फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश
Published:
by .
काठमाडौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका छन् । राष्ट्रपति रोड्रिगो बुधबार राती टेलिभिजनमार्फत सम्बाेधन गरि पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका हुन् ।
टेलिभिजन सम्बोधनमा उनले भने, ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस् ।’
सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश जारी गरेका हुन् । स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् ।
पक्राउ गरिएकामध्ये ६ महिला पनि छन् । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनिएको छ । यो नयाँ नियम तोड्नेविरुद्ध आपराधिक मुद्दा दर्ता गरिने उनले जानकारी दिए । एजेन्सी
Comments