Sajhamanch Archive

नेपालमा फेरि एक जनामा कोरोना पोजिटिभ, कोरोना संक्रमितको संख्या ६ पुग्यो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ  । नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएका छन् । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा आएका थिए ।

दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। यो गरी संक्रमितको केश ६ जना पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबारसम्मकूल ११ सय ८४ परीक्षण भएका छन् भने उपत्यकामा १६ जना आइसोलसनमा तथा उपत्यकाबाहिर ९९ जना आइसोलेसनमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *