Sajhamanch Archive

घरधनीद्वारा घरभाडा छुट दिने क्रम बढ्दो, बैंकहरुलाई समेत भाडा छुट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

लक्ष्मीमार्ग । सरकारले घरवालासँग लकडाउन अवधीको घरभाडा छुट गरिदिन अनुरोध गरेसँगै मोरङको बेलवारीमा स्वस्फुर्त रुपमा घरभाडा छुट दिने घरधनीको संख्या बढ्दो क्रममा छ ।

बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर र घर भाडामा लिएर संचालन गरिएको उद्योग धन्दा, व्यापार, व्यवसाय सरकारको कोरोना भाईरस नियन्त्रणका लागी लकडाउन गर्ने निर्णयको समर्थन गरी सहयोग गर्दै पूर्ण रुपमा बन्द छन् ।

लकडाउनका कारण मानिसहरुको आर्थिक उपार्जनमा समस्या भएको र धेरैको व्यवसाय र रोजगारी बन्द भएको अवस्थामा घरमा भाडा बस्नेहरुलाई यस अवधिको भाडा छुट दिने घोषणा गरेका हुन् । बेलवारी १ बाट घरभाडा छुट दिनेहरुमा बेलवारी उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापा, भएका नितु थापा कोईराला र विकास कोईरालाको जोडि, सुरेन्द्र तामाङ बेलवारी ११ बाट पुर्ण बहादुर गुरुङ, बिजय राई, किरण कार्की, जगत बस्नेत, पुर्ण लिम्बु र रिता खड्का लगायतले चैत्र महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

किरण कार्कीको घरमा ग्लोवल आइ.एम.र्इ बैंक तथा अन्य व्यवसायीहरु रहेका छन् र जगत बस्नेतको घरमा सृजना फाईनान्स र एक मेडिकल रहेको छ । अरु घरधनीलाई पनि कम्तीमा एक महिनाको घरभाडा छुट गर्न प्रोत्साहन स्वरुप आफुहरुले बैंकको समेत घरभाडा छुट गरेको बताउँछन् । यस्तो कोरोना संक्रमणको अवस्थामा पनि स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा दिईरहेकोले उक्त मेडिकललाई समेत घरभाडा छुट गरेको जगत बस्नेत बताउँछन् ।

बेलवारीमा स्वस्फुर्त रुपमा घरभाडा छुट दिने घरधनीको संख्या बढ्दो क्रममा छ । लकडाउन गरिएको समय देखि नेपाल सरकार र वित्तिय संस्था संचालकहरुलाई बैंक र लघुबित्त, सहकारी संस्था लगायत सबै बित्तिय संस्थाहरुबाट लिएको ऋणको ब्याज मिनाहा र घरवाला हरुले समेत लकडाउन अवधी भरको घरभाडा छुट गरिदिएर सहयोग गरिदिए धरासयी बन्दै गरेका नेपाली व्यवसायीहरुलाई केही राहत पुग्ने बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *