भरतपुर अस्पतालमा युवतीको मृत्यु, चिकित्सक क्वारेन्टाइनमा
Published:
by .
चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान एक युवतीको मृत्यु भएको छ।
कोरोना आशंकमा उनको थ्रोट स्वाब निकालेर परीक्षण गरिँदैछ। कोरोना परीक्षणको रिपोर्ट नआएसम्मलाई मृत शरीर अस्पतालकै छुट्टै सुरक्षित राखिएको छ। युवतीको स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ। अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई बिहीबार राति उपचारका लागि ल्याइएको थियो।
तर राति १२ बजे अस्पताल ल्याए सघन उपचारकक्षमै उनको बिहान बिहान २ बजे ज्यान गएको थियो। युवतीको मृत्यु भउपछि अधिकारीले उपचारमा संलग्न चिकित्सकसहितलाई क्वारेन्टाइनमा राखिने जानकारी दिएका छन्। युवतीको मृत्युको कारण पुष्टि नभएपछि कोरोनाको जाँच प्रतिवेदन कुरिएको हो। ती युवती उच्च ज्वरो आएको अवस्थामा अस्पताल आएकी थिइन्। त्यहीकारण अस्पतालले सतर्कता अपनाएको अधिकारीले बताए। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले भरतपुर अस्पताल रेफर गरेपछि ल्याइएको जानकारी दिए।
Comments