युथ फर सोसल ट्रान्फरको राहत वितरण, एकै दिन ४२ परिवारलाई सहयोग
Published:
by .
झापा । लामो समयबाट सामाजिक क्षेत्रमा काम गर्दै आएको झापा विर्तामोडको युथ फर सोसल ट्रान्सफरले राहत वितरण कार्यक्रमलाई तिब्रता दिएको छ ।
कोरोना भाइरसको संक्रमणको कारण लकडाउन अवधि थपिदै जाँदा ज्याला मजदुरी गर्ने ,असक्त अपाङ्गको दैनिक जीवनमा समस्या पर्दै गएपछि राहत बितरणलाई तिब्रता दिन थालिएको हो । झापाको विर्तामोड नगरपालिका भित्र बसोबास गर्ने करीब ४२ विपन्न परिवारलाई केही समयलाई पुग्ने आति आवश्यकिय खाद्यसामाग्री शुक्रबार प्रदान गरिएको युथ फर सोसल ट्रान्फरका अध्यक्ष माधव कुमार झाले जानकारी दिए।
राहत सामाग्रीमा चामल, तेल, नुन, दाल आदि रहेका छन् । खाद्य सामाग्री ट्रान्सफरका सदस्य विज्ञान राज पौडेल लगायतको टिमले घरमै पुगेर वितरण गरेको थियो । सामाजिक काममा समर्पित यस संस्थाले विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।
Comments