कमल गाउँपालिकाले थप एक जनालाई आइसुलेसनमा पठायो
Published: (Updated: )
by .
कमल । विश्व व्यापी महामारीका रुपमा फैलिदै गएकोे कोराना भाइरस (कोभिड १९) संक्रमणमा मिल्दो जुल्दो लक्षण देखिएपछि एक जनालाई आइसुलेनमा पठाइएको छ ।
झापाको कमल गाउँपालिकाबाट शनिबार एक जनालाई भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसुलेसनमा पठाइएको गाउँपालिकाले जनाएको छ ।
उनी गएको ७ गते मलेशियाबाट नेपाल आएका गाउँपालिकाको वडा नम्बर २ निवासी रहेका गाउँपालिकाले जनाएको छ । उनको एकै परिवारका ४ जना सदस्यलाई ज्वरो आउने खोकी लाग्ने समस्या देखिएपछि उनीहरुलाई घरमै क्वारेन्टाइनमा राखिएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।
त्यसैगरी गत चैत १९ गते गाउँपालिकाको वडा नम्वर १ वाँसवारीका एक परिवारमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि १ जनालाई आइसुलेसनमा पठाइएको थियो भने १ जनालाई गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
Comments