राहत कोषमा मेची उद्योग बाणिज्य संघको २ लाख बढी रकम जम्मा
Published: (Updated: )
by .
काँकरभिट्टा । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा धमाधम रकम जम्मा गर्ने क्रम बढेको छ ।
नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले विभिन्न संघ संस्थाहरुले समितिमा रकम जम्मा गर्न थालेका हुन् ।
झापाको मेचीनगर नगर स्तरीय विपद् व्यवस्थापन कोषमा शनिबारमात्र मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघले नगद २ लाख १ हजार रुपैयाँ जम्मा भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
संघकातर्फबाट अध्यक्ष ऋषिराज तिम्सिना, बरिष्ठ उपाध्यक्ष मोहन निरौला र उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई संयुक्तरुपमा उक्त रकम हस्तानतरण गरेका हुन् । सोहि दिननै स्थानीय व्यवसायी तथा उद्योग उपाध्यक्ष क्षेत्रीले आफ्नो व्यक्तिगतरुपमा कोषमा २१ हजार रुपैयाँ प्रदान गरिएको संघका कार्यकारी अधिकृत गोपाल बस्नेतले बताए ।
यो सँगै नगर स्तरीय विपद् व्यवस्थापन कोषमा ४ लाख ७२ हजार रुपैयाँ संकलन भएको छ । यसअघि झापाको विर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिडेटले ५०÷५० हजार रुपैयाँ प्रदान गरेका थिए । भानु वहुमुखी सहकारी संस्था लि. मेचीनगर— १० ले ५० हजार मेचीनगर वचत तथा ऋण सहकारी संस्था लि. मेचीनगरर— ९ ले ५१ हजार र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले ५० हजार रुपैयाँ कोषमा जम्मा गरीसकेको कोरोना भाइरस संक्रमण रोकथाम र राहत तथा उद्धार कार्य सञ्चालन समिति सचिव अनन्तप्रकाश वस्तीले बताए ।
Comments