Sajhamanch Archive

कोषमा सहयोग गर्न वडानम्बर ६ को आग्रह

Published: in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । मेचीनगर वडानम्बर ६ मा गठित वडास्तरीय मेचीनगर विपद् व्यवस्थापन समितिले कोषमा आर्थिक सहयोगका लागि उद्योगी व्यवसायीलगायत सवैमा आग्रह गरेको छ ।

समितिका संयोजक एवम् वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा शनिबार बसेको कोषको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो । अहिले नगरपालिकाबाट प्राप्त राहत वडाभित्रका अति विपन्न आर्थिक अवस्था न्यून भएका तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका पर्याप्त नहुने भन्दैं एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नगरपालिकाको निर्णय अनुसार दाताहरुलाई राहत सामग्री कोषमा जम्मा गर्न वडाले आग्रह गरेको वडाध्यक्ष तामाङले बताए ।

कोषको समितिमा जनप्रतिनिधिहरु, मान्यता प्राप्त वडा स्तरीय राजनीतिक दलका नेतालगायत रहेका छन् । मेचीनगर नगर कार्यपालिकाद्वारा काँकरभिट्टामा सञ्चालित स्वास्थ्य क्लिनिकमा दैनिक सेवाग्राहीको चाप बढेको र औषधि लगायतले धान्न नसक्ने अवस्था आएको र औषधि खरीदमा समेत सहयोग गर्न कोषका सदस्य तथा नेकपाका ६ नम्बर वडाध्यक्ष प्रितम काफ्लेले आग्रह गरेका छन । वैठकमा नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राप्रपा लिम्बुवान पार्टीका वडास्तरका नेताहरु सहभागी थिए ।

उनका अनुसार अहिले दैनिक ३० देखि ३५ जनाले क्लिनिकबाट निःशुलक सेवा लिइरहेका छन् । डाक्टर किशोर पौडेलसहितको चिकित्सकको टोलीले क्लिनिकमा आउने सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले नगरपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम मेचीनगर विपद् व्यवस्थापन तथा १५ वटै वडामा वडा स्तरीय समिति गठन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *