Sajhamanch Archive

सुनसरीका सियारामले लगाए आफ्नै श्रीमती र दुई छोरीलाई आगो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सुनसरी । सुनसरी इनरुवाका एक पुरुषले आफ्नै श्रीमती र दुई छोरीलाई राती सुतीरहेको ओछ्यानमा आगो लगाएर फरार भएका छन उनिहरुलाइ मार्न खोजेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका छन ।

इनरुवा ८ डुम्राहा सतखोलिया घर भएका सियाराम उराँवले श्रीमती कमलकुमारी उराँव, दुईजना नावालक छोरीहरु ७ वर्षकी प्रतिक्षा र ४ वर्षकी प्रतिज्ञालाई राती सुतेको मौकाममा शरिरभरी पेट्रोल छर्किएर आगो लगाएर हत्या गर्न खोजेको भन्दै उजुरी परेको छ जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी बिनोद शर्माले भने ।

इनरुवा अस्पताल ल्याएपनि उपचार हुन नसकेपछि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।
उनीहरु तिनैजनाको अनुहार लगायत शरिरका विभिन्न भागहरु आगोले जलेकाले विराटनगरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *