Sajhamanch Archive

सुनसरीमा ८ जना पाकिस्तानी नागरिक भेटिए, स्वास्थ्य परीक्षणको लागि धरान पठाइयो

Published: in राष्ट्रिय समाचार by .

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका १८ स्थित जतपुर मस्जीदमा आश्रय लिएर बसेका ८ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरुलाई आवश्यक स्वास्थ्य परिक्षणका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाव परिक्षणका लागी पठाएको छ ।

इटहरीमा १८ मा ८ जना पाकिस्तानी नागरिक भेटिएको र उनीहरुको स्वास्थ्य परिक्षणको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले जनाए। उनीहरु धरानमा स्वास्थ्य परिक्षण सामान्य देखिएकोले घर पठाईएको छ इन्स्पेक्टर अधिकारीले भने ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा पनि लकडाउन सुरु भएपछि भारतको नयाँदिल्लीबाट नेपाल प्रवेश गरि सुनसरीका दुईवटा मस्जीदमा आश्रय लिएर बसेका २२ जना विदेशी फेला परेका परेका छन ।सुनसरीको हरिनगर गाउपालिका १ स्थित जामिया मस्जीद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदै भुटाहा पुगेका भारत मुम्वई ठेगाना बताउने १४ जनालाई सुनसरी प्रहरीले शनिवार बिहान फेला पारको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *