राहत बुझेकै दिन घर जल्यो, घरको भग्नावशेसमा २५ लाख फेला पर्यो
Published: (Updated: )
by .
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ४ स्थित कोटिहोका एक व्यक्तिले नगरपालिकाबाट राहत बुझैकै दिन २५ लाख नगद फेला परेको छ ।
कनकाई ४ को सुकुम्बासी वसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट ६ लाखजति र अन्य नोट जलेका तर बैंकमा साट्न मिल्ने नोट फेला परेको हो ।
राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।
हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ । शनिबार साँझ कनकाई सामुदायिक वन क्षेत्रहाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो । आगो राईको घरबाट सुरु भएको थियो ।
राईले शुक्रबार मात्रै कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट कोरोना विपतको राहत बुझेर ल्याएका थिए । उनले बुझेर ल्याएको राहत समेत जलेको थियो । राई बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गरेको थिए भने उनी सामुदायिक वनको जमिनमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका थिए ।
सुकुम्बासीका नाममा हुकुमबासीले वनको जग्गामा छाप्रो हालेर बसेको उक्त घटनाले प्रमाणित गरेको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताए । लकडाउनका कारण बजारमा प्लाष्ट्रिकको बोटल खोज्न नपाएको भनेकाले आफूहरुले वार्डवाट राहत दिएको जनप्रतिनिधी रोशान सुवेदीले जानकारी दिए । राई लगायतको घरको आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवाशी मिलेर नियन्त्रणमा लिइएको थियो भने जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेला परेको पैसा गन्न समेत ३ घण्टा लागेको थियो ।
प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन् । राई लगायत १२ घर सो सामुदायिक वनको जमिनमा वाढी पीडितको नाममा विगत ७ वर्षदेखि बस्दै आएका छन् ।
Comments