कोरोनाको सन्त्रासमा पनि शिवसताक्षीमा रक्तदान, ५७ प्रिन्ट रगत संकलन
Published: (Updated: )
by .
शिवसताक्षी । झापामा रगतको अभाव देखिएपछि शिवसताक्षीमा रक्तदान गरिएको छ ।
लायन्स क्लब अफ शिवसताक्षीको आयोजनामा दूधेमा गरिएको रक्तदानमा ५७ प्रिन्ट रगत संकलन गरिएको हो । कोरोना भाइरसको सन्त्रासका बीच पनि ५६ प्रिन्ट रगत संकलन गर्न सफल भएको लायन्स क्लब शिवसताक्षीका प्रेसिडेन्ड सन्तोष थोप्राले बताए ।
उनले यो माहामारीको समयमा झापाका अस्पतालहरु खपत हुने रगतमा केही टेवा पुर्याउने उद्देश्यले रक्तदानको कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । रक्तदानका लागि नेपाल रेडक्रश सोसइटी विर्तामोडसँग परामर्श गरी सरकारले अवलम्बन गरेको समाजिक दुरी कायम राख्दै कार्यक्रम गरिएको प्रेसिडेन्ट थोप्राको भनाई छ ।
स्थानीय व्यवसायी शिव भट्टराईले भने यो अवस्थामा हामीलाई रक्त दाता बोलाएर रगत संकलन गर्न गाह्रो त भयो तर रक्तदान गर्न इच्छुक व्यक्तिहरुलाई फोन मार्फत हामीले समय तेकेका थियौ । हरेक एक पल्टमा ५ जना मात्र समावेश गरी रक्तदान गर्न लगाइयो । दाताहरु पनि फरक फरक समय पारेर उपस्थिति भइदिएका भएका कारण काम गर्न सजिलो भएको उनले बताए ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी विर्तामोडको प्राविधिक टोलीले सहजीकरण गरेको थियो । शिवसताक्षीका संघ संस्थाहरुले विगत ५ वर्ष यता हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
Comments