बुधबारे जेसीजद्वारा अतिविपन्न १० परिवारलाई खाद्यान्य वितरण
Published:
by .
झापा । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीजले गाउँपालिकाको शान्तिनगर क्षेत्रका १० अतिविपन्न परिवारलाई आधा महिना पुग्ने खाद्यान्य वितरण गरेको छ ।
बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको नेतृत्वमा सोमबार बुधबारे जेसीजले सो क्षेत्रमा प्रतिसदस्य ५ केजी चामल, तेल, नुन, साबुन लगायतका खाद्यान्य वितरण गरिएको हो । शान्तिनगर क्षेत्रमा खाद्यान्य वितरण कार्यक्रम बुधबारे जेसीजका सह–कोषाध्यक्ष जेसी पुष्कर पौड्यालको संयोजकत्व रहेको थियो ।
कार्यक्रममा अध्यक्ष राई, थिम एडिटर जेसी आयुष निरौला, जेसी विष्णु लामिछाने लगायतको उपस्थिति थियो । जेसीहरुले आपूm–आफूले नगद तथा खाद्यान्य सहयोग गरेर पहिलो चरणमा शान्तिनगर क्षेत्रमा अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण गरिएको संयोजक पौड्यालले बताएका छन् । आगामी दिनमा पनि खाद्यान्य वितरण गरिने योजना रहेको अध्यक्ष जेसी राईको भनाई छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण गत चैत्र ११ गतेदेखि लक डाउन गरिए पछि अतिविपन्न नागरिकलाई दुई छाक खान समस्या हुने गरेको छ । कोरानाबाट बच्न विभिन्न १० ठाउँमा बुधबारे जेसीजले अन्य संस्थासँगको समेत सहकार्यमा सावुनपानीले हात धुने व्यवस्था गरिरहेको छ भने दुई जना स्वास्थ्यकर्मीलाई पीपीई समेत प्रदान गरेको अध्यक्ष राईले बताएका छन् ।
Comments