Sajhamanch Archive

लकडाउन उल्लंघन गर्नेलाई पाँच हजार जरिवाना

Published: in राष्ट्रिय समाचार by .

म्याग्दी । कोराना भाइरसको सम्भावित संक्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ।

सीमा रहेको म्याग्दीको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित आफ्नै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको मंगला गाउँपालिकाका योजना शाखाका कर्मचारी सिजन रोकाले जानकारी दिए।

म्याग्दीको मंगला र बाग्लुङको ताराखोला गाउँपालिकाले दुईवटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र पाँच हजार नगद जरिवाना गर्ने निर्णय भएको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिए। साथै, बाग्लुङतर्फबाट बिभिन्न नाकाबाट पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *