Sajhamanch Archive

पाउ पाथीभरा मन्दिर चारआलीबाट १५०० केजी चामल हस्तान्तरण

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । पाउ पाथीभरा उत्तर गंगा धाम समिति चारआलीले मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिकालाई चामल सहयोग गरेको छ ।

कोरोना भाइरसको विश्वब्यापी महामारी फैलिएका कारण नेपाल सरकारले देशभर लकडाउन गर्दा अतिविपन्न तथा ज्याला मजदुरी गर्ने वर्ग भोकभोकै बस्नुपर्ने अवस्था आउन लागेकाले स्थानीय सरकारलाई सो सहयोग गरिएको जनाइएको छ ।

धाम समितिका सचिव यामनाथ बरालका अनुसार पाउ पाथीभरा मन्दिरका तर्फबाट मेचीनगर नगरपालिकालाई १००० किलोग्राम र अर्जुनधारा नगरपालिकालाई ५०० किलोग्राम चामल प्रदान गरिएको हो । उक्त चामलको मूल्य ७२ हजार रुपैयाँ भुक्तानी गरेर नगरपालिकालाई पत्राचार गरिएको उनले बताए ।

दुवै नगरपालिकाले बिर्तामोडस्थित खाद्य गोदामबाट आफ्नो अनुकुलतामा लक्षित वडामा ढुवानी गर्न र विपन्नलाई वितरण गर्न मिल्ने गरी व्यवस्था मिलाईएको पनि सचिव बरालले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *