क्वारेन्टाइनबाट भागेका व्यक्ति प्रकाउ
Published: (Updated: )
by .
शिवसताक्षी । झापाको शिवसताक्षीमा रहको क्वारेन्टाइनबाट बुधबार विहान भागेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ती व्यक्तिलाई प्रहरीले ९ घन्टा पछि नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा खटिएको प्रहरी टोलीले शिवसताक्षी ९ का सिमान्त याङया (लिम्वु)लाई पक्राउ गरेको हो ।
बुधवार विहान शौचालय जाने क्रममा योङया ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर फरार भएका थिए । उनलाई शिवसताक्षी ११ को दुधे खोला नजिकको बाँस घारीमा लुकिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काकरभिट्टाकाले लक डाउनको समयमा पूर्वी सीमाबाट गएको २३ गते प्रकाउ गरी मेची नगरको क्वारेन्टाइनमा राखेको थियो । उनलाई २४ गते स्थानीय पालिका र प्रहरीको समन्वयमा शिवसताक्षीको क्वारेन्टाइनमा ल्याइएको थियो ।
Comments