Sajhamanch Archive

त्रिविका सबै परीक्षा स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत, बैशाख, जेठ महिनामा सञ्चालन गर्ने गरी सार्वजनिक गरेका सबै परीक्षा तालिकाहरु हालका लागि स्थगित गरेको छ ।

चैत महिनाका लागि पहिले नै स्थनको सूचना प्रकाशन गरेको त्रिविले वैशाख र जेठ महिनामा हुने गरी पूर्वप्रकाशित परीक्षा तालिकाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन् ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर राख्दै यी दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठ संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गरिएका हुन् ।

त्यस्तै, पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कूल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका नियमित तथा आंशिक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *