Sajhamanch Archive

लकडाउन उल्लंघन गर्ने ३०८ जनालाई लकडाउन सेलमा घण्टौं उभ्याइयो

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण एवम् नियन्त्रणको लागि सरकारले देशभर ‘लकडाउन’ गरेको विषयलाई गम्भिरतापूर्वक नलिई घरबाट बाहिर हिडडुल गर्ने ३०८ जना मानिसलाई प्रहरीले हिजो सजाय दिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बिर्तामोड, काँकरभिट्टा, दमक, धुलाबारी, झिलझिले, शनिश्चरे, चन्द्रगढी, लगायतका स्थानहरुमा लकडाउन उल्लंघन गर्ने ३०८ जना मानिसहरुलाई सोही स्थानमा लकडाउन सेलमा उभ्याइएको हो ।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्नेक्रममा बिनाकाम घरबाहिर हिंडडुल गर्नेहरुलाई लकडाउन सेलमा सामाजिक दूरी कायम राखी बनाइएको गोलो घेराभित्र होल्डड गरी उभ्याई लकडाउनको अर्थ र नागरिकको दायित्व सम्बन्धमा सचेतता प्रदान गरी छाडिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा अनावश्यक रुपमा हिंडडुल नगरी लकडाउनको कार्यान्वयनमा सहयोग गरी आफू एवं समाज सुरक्षित राख्‍ने कार्यमा सहयोग गरिदिन प्रहरीले निरन्तर आग्रह गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *