Sajhamanch Archive

भावुकतामा लकडाउन हटाइँदैन, छुट्टै संयन्त्र आवश्यक छैन: प्रधानमन्त्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन तत्काल हतारमा खुल्ला नगरिने बताएका छन् ।

शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले हतारमा लकडाउन हटाए भोलि थप संकट आउन सक्नेतर्फ सचे हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले जारी लकडाउन निरन्तर रहने जानकारी दिंदै नेपाल–भारत सीमा नाकामा थप कडाइ गरिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुने भन्दै लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ गरिने बताएका हुन् । उनले लापरबाही स्वीकार्य नहुने भन्दै संक्रमण फैलिनबाट सबै सचेत हुन अनिवार्य रहेको बताएका छन् ।

‘भावुक कुरा गरेर, लकहुँदैन, डाउन तत्काल हट्दैन, सीमामा अझै कडाइ गरिन्छ’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दा–देख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म सबैमा अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान समेत गरेका छन् । उनले सरसफाइमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह पनि गरे ।

मुख्यमन्त्रीहरुसँग नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबार जानकारी लिँदै प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको बताएका छन् । उनले सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि सबैमा अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइमा सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । उनले सरकार स्वयमले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एक पटक निर्देशन दिए जस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुने भन्दै मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनुपर्ने बताएका छन् । त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *