Sajhamanch Archive

पाँचथरमा ढुंगा लागेर कामदारको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पाँचथर । पाँचथरमा एक भारतीय कामदारको ढुङगाले लागेर मृत्यु भएको छ ।

पाँचथरको तुम्मेवा गाउँपालिका–५ हाङबुङमा निर्माणाधीन अवस्थामा रहेको पुलमा काम गर्दै आएका २४ वर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो ।

भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई उक्त स्थानमा काम गर्दै आएका महोमदको आज बिहान मृत्यु भएको हो ।

दिनभरको काम सकेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अवस्थामा करिब ३ बजेको समयमा भीरमाथिबाट एक्कासी ढुङगा झरेर लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *