Sajhamanch Archive

भारतमा ‘कर्फ्यू पास’ माग्दा काटिदिए प्रहरीको हात

Published: in राष्ट्रिय समाचार by .

भारतको पन्जाबस्थित पटियालामा एक समूहले ‘कर्फ्यू पास’ माग्दा एक प्रहरीको हात काटिदिएका छन्।

आइतबार बिहान लकडाउनको अवज्ञा गर्दै परम्परागत हतियार तथा पोशाकमा निस्केका चार-पाँचका समूहलाई प्रहरीले ‘कर्फ्यू पास’ मागेको थियो।

‘उनीहरूलाई कर्फ्यू पास देखाउन भनेका थिएँ तर गाडी गेट र डिभाइडरमा लगेर ठोक्काइदिए,’पटियालाका एसएसपी मन्दीप सिंहले भने,’त्यसपछि प्रहरीमाथि आक्रमण गर्न थालेको हो।’उनका अनुसार तफी शिखहरूले असईको हात तरबारले काटिदिएका हुन्।

त्यस्तै, अन्य दुई प्रहरी घाइते भएका थिए। घाइते प्रहरीको कुहिनो र हातमा चोट लागेको पिटिआइले जनाएको छ।

हात काटिएका असईको उपचारका लागि राजिन्द्र अस्पतालमा लगिएको थियो भने पछि त्यहाँबाट चन्डीगढको पिजिमरमा रिफर गरिएको थियो।

घटनामा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको थियो। अन्य भने फरार रहेको एसएसपी सिंहले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *