विपन्नलाई राहतका लागि नगरको कोषमा नेकपाद्वारा हालसम्म कै बढी रकम जम्मा
Published: (Updated: )
by .
शिवसताक्षी । कोरोना भाइरसको जोखिम न्युनिकरण र रोकथामका लागि शिवसताक्षी नगरपालिकाको प्रकोप कोषमा विभिन्न पार्टी तथा संघ संस्थाहरुले रकम जम्मा गर्ने काम भइरहेको छ ।
आइतबार नेपाल कम्युनिष्ट पार्टी शिवसताक्षी नगर कमिटीले हाल सम्मकै बढी रकम जम्मा गरेको हो । लाकडाउनको समयमा नगर भित्रका विपन्न र अशाय अशक्तहरुमा खाद्य संकट समाधानका लागि नगर कमिटीको तर्फबाट २ लाख १५ हजार ५५५ रुपैया रकम जम्मा गरिएको नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई जानकारी दिए । उक्त रकम शिवसताक्षी नगरपालिकालका प्रमुख चन्द्रकुमार सेर्मालाई प्रदान गरिएको थियो ।
विश्व आक्रान्त पार्दै फैलिएको कोरोना भाइरसका कारण संकटमा परेका परिवारहरुलाई उद्धार गर्न राज्य मात्र नभएर पार्टी पंक्तीको पनि उत्तिकै दाहित्व रहेकाले पार्टीको तर्फबाट पनि सहयोग गरेको अध्यक्ष भट्टराई बताए ।
यस अघि शिवसताक्षीका १,२,३,९ र १० नं. वडा कार्यालयलाई १ लाख ८५ हजार रकम सहयोग गरिएको शिसताक्षी नगर कमिटीले जनाएको छ ।
नगद हस्तान्तरण कार्यक्रममा नेकपा जिल्ला कमिटी नरप्रसाद लामिछाने, ज्ञानेन्द्र वि.क. शिवसताक्षी नगर कमिटी सचिव धनबहादुर थेवे लगायतको उपस्थिति रहेको थियो ।
हालसम्म शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा २४ लाख, ४८ हजार, ६ सय ९२ रुपैया रकम जम्मा भइसकेको नगरपालिकाका सहायक सुचना अधिकृत डिल्ली नेपालले जानकारी दिए । त्यस्तै ३६ हजार ५ सय ४० केजी चामल लगायत दाल, नुन, तेलसहित अन्य खाद्य समाग्री समेत जम्मा भएको छ । नगरमा संकलित रकम नगरका ११ वटै वडाका विपन्न परिवारलाई वितरण गरिरहेको नगरपालिकाले जनाएको छ ।
Comments