Sajhamanch Archive

प्याब्सन भद्रपुरद्वारा विपन्नका लागि ३५ क्वीटल चामल सहयोग

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) भद्रपुर नगर समितिले अतिविपन्न वर्गका लागि खाद्यान्न राहत स्वरूप ३५ क्वीन्टल चामल भद्रपुर नगर सरकारलाई हस्तान्तरण गरेको छ ।

देश कोरोना संक्रमण त्रासका कारण लकडाउनमा रहेको अवस्थामा श्रमजीवि अतिविपन्न परिवारले नगर क्षेत्रमा खाद्यान्न अभावले भोकै मर्ने अवस्था आउन नदिन संगठनले सहयोग स्वरूप प्रति वडा ३५० किलोका दरले चामल हस्तान्तरण गरेको हो ।

१० वटा वडा रहेको भद्रपुर नगरपालिका भित्र तीन स्थानमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल नेतृत्व टोलीले नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको उपस्थितिमा चामल हस्तान्तरण गरेको थियो । साविकको पृथ्वीनगर क्षेत्रमा रहेका वडाहरू १, २, ३ का लागि ज्ञाने चौक स्थित ३ नम्वर वडा कार्यालयमा, महेशपुर तथा भद्रपुरका वाविक क्षेत्रमा रहेका ४, ५, ६ का लागि मन्त्री चौक स्थित ४ नम्वर वडा कार्यालयमा र साविकका चन्द्रगढी तथा भद्रपुरमा रहेका ७, ८, ९ र १० नम्वर वडाका लागि चन्द्रगढी स्थित भद्रपुर १० को वडा कार्यालयमा चामल हस्तान्तरण गरिएको थियो ।

डिल्ली दुलालको अध्यक्षता तथा चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेकपा जिल्ला सदस्य अशारू राजवंशी, प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल लगायतले मन्तव्य राख्दै विपतको सामना गर्न सहयोगी भावना भएका मनहरू अग्रसर हुनु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *