Sajhamanch Archive

झापाकै कान्छो पत्रिका इजलास चौथो वर्षमा प्रवेश

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापा बिर्तामोडबाट कान्छो पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको इजलास दैनिक चौथो वर्ष प्रवेश गरेको छ । ०७४ बैशाख १ गतेबाट नियमति प्रकाशित हुँदै आएको इजलास आजबाट चौथो वर्षमा प्रवेश गरेको हो ।

टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले गत वर्षबाट आफ्नो अनलाईन संस्करण इजलास डट कम समेत सञ्चालन गर्दै आएको छ । इजलास दैनिकले आगामी दिनमा आम नागरिकको आवाजलाई मुख्य प्राथमिकतामा राखेर नियमित प्रकाशन गर्ने टाइम्स मिडियाका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य समाचारको लागि इजलास दैनिकलाई नागरिकको मुख्य सूचनाको स्रोतको रुपमा विकास गर्दै लैजाने पत्रिकाका सम्पादक प्रदीप परियारले बताए । उनका अनुसार यहि वर्षबाट अखवारलाई १ नम्बर प्रदेश स्तरीय बनाउने तयारी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *