Sajhamanch Archive

तरकारी बोक्ने पिक अपबाट १४ भारतीय नागरिक पक्राउ

Published: in राष्ट्रिय समाचार by .

इटहरी। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण प्रतिदिन बृद्धि भएसंगै नाकामा सुरक्षा व्यवस्था थप कडा बनाएको बताइरहेका बेला पूर्वी नाका काँकरभिट्टाबाट लुकीछिपी प्रवेश गरेका १४ जना भारतीय सोमबार बिहानका राती इनरुवमा पक्राउ परेका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा सोमबार राती प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका गर्ने क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो । लकडाउनको उल्लंघन गर्दै राती पूर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरि कोशी व्यारेज तर्फ जाँदै गरेका १४ जना भारतिय नागरिकलाई इनरुवा ३ सखुवागाछीबाट सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

इनरुवा ट्राफिक प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पुष्पक निरौलाका अनुसार सोमबार राती २ बजेको समयमा इटहरी तर्फबाट आएको पिकअप भ्यानलाई चेककजाँच गर्ने क्रममा भ्यानका चालकले भित्र त्रिपालले छोपेर उनिहरुलाई ल्याएका थिए । चालकले तरकारी ल्याएको दावी गरेपनि शंका लागि चेंकजाँच गर्दा १४ जना भारतीय फेला परेको निरौंलाले बताए । मोरङ्ग सुन्दर हरैचा नगरपालिका ७ घर भएका सवारी चालक शम्भु विश्वकर्माले ती भारतीय नागरिकहरुले कोशी व्यारेजसम्म जानका लागी पिकअपप रिर्जभ गरेकाले आफुले भाडामा ल्याएको दावी गरेको प्रहरी नायव निरिक्षक पुष्पक निरौलाले बताए ।

उनीहरुलाई लिएर आएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कटीङ्ग गरि बिहान ७ बजेर ३० मिनेट पछि पुनः काकडभिट्टा तर्फ फिर्ता पठाईदिएको छ । भारतको दरभंगा घर भएको बताउने भारतीय नागरिकहरु भारतमा लकडाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकँडभिट्टा नाकाबाट प्रवेश गरेका थिए । उनिहरुले कोशी व्यारेजको बाटोबाट भारत जान हिडेको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *