आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन अझै लम्ब्याउने तयारी
Published:
by .
काठमाडौ । कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी लकडाउन र कोरोना नियन्त्रणमा सरकारले गरेका प्रयासहरुका बारे समीक्षा र थप निर्णयका लागि आज मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दैछ ।
आज मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको भए पनि कतिखेर बस्छ भन्ने विषयमा आफूलाई जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठक अहिले बिहान ११ बजे बस्ने तयारी रहेको र त्यसले लकडाउनको अवधि कम्तीमा एक हप्ता लम्ब्याउने तयारी रहेको स्रोतले जानकारी दिएको छ । दोस्रो पटक थपिएको लकडाउन अवधि भोलि (बुधबार) सकिंदैछ ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि देशभर लकडाउन गरेको छ । शुरुमा चैत १८ सम्म तोकिएको लकडाउन अवधि पुनः थपेर वैशाख ३ गतेसम्म लम्ब्याइएको छ ।
तर कोरोना संक्रमित देखिने क्रम झन् बढ्दै गएपछि सरकारले लकडाउन अवधि लम्ब्याउने तयारी गरेको हो । यो महामारी फैलिन नदिन विश्वमै निर्विकल्प उपाय देखिएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिकता दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोनाविरुद्धको लडाईको प्रगतिको आधारमा हेरेर लकडाउनबारे थप निर्णय गरिने हिजो (सोमबार) बताएका थिए । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । तीमध्ये एक जना पहिल्यै निको भइसकेकाले अहिले १३ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
Comments