Sajhamanch Archive

सडक मानवसँग शर्माले मनाए जन्मदिन

Published: in समाज by .

बिर्तामोड । यहाँका एक युवाले आफ्नो जन्मदिनको अवसरमा सडक मानवहरुलाई आज एकछाक खाना खुवाएका छन् ।

मानसिक सन्तुलन गुमाएकादेखि भिख मागेर गुजारा गर्दै आएका २६ जनालाई बिर्तामोड ५ का सुमन शर्माले खाना वितरण गरेका हुन् । लकडाउनका कारण बजार नखुल्दा सडक मानवहरुले खाना र पानी नपाएको देखेर यस्तो मानवीय कार्यमा मन गएको शर्माले जनाएका छन् ।

लकडाउनसंगै यतिबेला सबै क्षेत्र बन्द भएपछि समस्यामा परेका उनीहरुलाई शर्माले राहतस्वरुप खाना खुवाएर आफ्नो जन्मदिनको मनाएको बताए । बजार मै आश्रित रहेर जीवन गुजरा गर्दै आएका उनीहरु यतिबेला सामाजिक ब्यक्तिहरुसंगै आश्रित छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीसँग सहकार्य गरेर बिर्तामोड क्षेत्रमा रहेका २६ जनालाई आज बिहानको खाना प्रदान गरिएको शर्माले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *