सतासीधाम जेसीजले जुरायो, एसईईका लागि अनलाईन कोचिङ्ग
Published: (Updated: )
by .शिवसताक्षी । लकडाउनले एसईई परीक्षा रोकिएपछि शिवसताक्षी दूधेमा अनलाइन कोचिङ्ग सुरु भएको छ ।
सतासीधाम जेसीजले अनलाइन कोचिङ्गको अवसर जुराएपछि शिवसताक्षीका एसईई परीक्षा दिने करीब ५५ जना विद्यार्थी जोडिएका छन् । दूधे स्थित श्री राष्ट्रिय रमणीयका आदर्श माध्यमिक विद्यालयका विद्यार्थी र अन्य सामुदायिक तथा निजी विद्यालयहरुका विद्यार्थी कोचिङ्गमा जोडिएका हुन् ।
सतासीधाम जेसीजले अनलाइनको सफ्टयर डाउनलोड गरी एसईई दिने विद्यार्थीहरुलाई जोडिदिएको अनलाईन कोचिङ्गका संयोजक गोविन्द काफ्लेले बताए । उनका अनुसार हाल गणित र विज्ञान विषयका कक्षा सञ्चालन भइरहेको छ । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले घरबाटै गणित र विज्ञान विषयको अध्ययपन गराई रहेका छन् ।
अब दुई दिन भित्रै अंग्रेजी र एकाउण्ड विषयको पनि कक्षा सञ्चालन हुने संयोजक गोविन्द काफ्लेले जानकारी दिए ।
अनलाइन कोचिनङ्ग सुरु भएपछि एसईई परीक्षा दिने इन्टरनेटको पहुँच भएका विद्यार्थीका लागि राहत मिलेको छ । अनलाइन कक्षाबाट किताबका कतिपय नजानेका विषयमा शिक्षकलाई सोध्न पढ्न सजिलो भएको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयकी छात्रा विद्या सिग्देलले बताइन् । आफुले नजानेका कुराहरु सोध्न र स्कुल मै बढे जस्तै बुझ्न पनि सजिलो भएको उनले जानकारी दिइन् ।
एउटा कक्षा ४० मिनेटको हुने बताइएको छ । विहान र बेलुका समय मिलाएर कक्षा सञ्चालन भइरहेको सतासीधाम जसीजका वर्तमान अध्यक्ष कुमारसिं साँवाले बताए । विश्व व्यापी रुपमा फैलिरहेको कोरोनाको कहरसँगै विद्यार्थीहरुको बढाई र एसईई परीक्षाको अन्योलतालाई केही भए पनि राहतका लागि सतासीधाम जेसीजले अनलाइन कक्षाको अभिायान सुरु गरेको उनको भनाई छ । यसले एसईई परीक्षा जुनै समयमा भएपनि विद्यार्थीहरु तयारी अवस्था बस्न सक्ने अध्यक्ष साँवाले बताए ।
एउटा कक्षामा ३० जना विद्यार्थीहरुले अध्ययन गर्छन् । अनलाइन कोचिङ्गमा अध्यापन गराए बापतको शुल्क कुनै पनि शिक्षकले नलिए भएको सतासीधाम जेसीजले जनाएको छ ।
Comments