Sajhamanch Archive

कमल गाउँपालिकामा र्‍यापिड टेष्ट सुरु, रिपोट नेगेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका कमल गाउँपालिकाका स्थानिय नागरिकको बुधबारबाट नोवेल कोरोना भाइरस (कोभिड १९) को र्‍यापिड टेष्ट सुरु भएको छ ।

होम क्वारेन्टाईनमा बसेका नागरिकको वाहिरी रुपमा कोभिड १९सम्बन्धि कुनैपनि लक्षण नदेखिएपछि उनीहरुको रगतको नमुनाबाट गरिने सुरुवाती परिक्षणको रुपमा र्‍यापिड टेष्ट गाउँपालिकाको वडा नम्वर ५ बाट सुरु गरिएको कमल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाले बताए ।

आज पहिलो दिनमा ८ जनामा र्‍यापिड टेष्ट गरिए पनि नतिजा नेगेटिभ आएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले बताए ।

गाउँपालिकामा विदेशवाट आएर होम क्वारेन्टाइनमा बसेका ७४ जना नागरिकको घरघरमा पुगेर र्‍यापिड टेष्ट  परिक्षण गरिने स्वास्थ्य शाखा प्रमुख थुलुङ्गले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *