दमकका अस्पताल, प्रहरी र सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग
Published:
by .
दमक । उद्योग बाणिज्य संघ दमकका पूर्व अध्यक्ष प्रकाश प्रसाईं र नेपाल महिला संघ क्षत्रीय सभापती रेगिना भट्टराई प्रसाईंले आज स्वास्थ्य संस्था, प्रहरी र सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
दमक ६ मा रहेको दर्पण वचत तथा ऋण सहकारी संस्था संगको सहकार्यमा उनीहरुले करिब १ लाख २० हजार रुपैयाँ मुल्य बराबरका सामाग्री उपलब्ध गराएका छन् । विश्वव्यापी महामारी रुपमा रहेका कोरोनाको संक्रमणबाट बच्नको लागी कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र प्रहरीलाई पिपिई सहितका स्वास्थ्य सामाग्री र कोरोनाको जोखिममा पनि नागरिकलाई सहि सुचना उपलब्ध गराउन खटिने सञ्चारकर्मीहरुलाई सेनिटाइजर, पन्जा र मास्क उपलब्ध गराएका छन् । सहकारीको तर्पmबाट ५० हजार रुपैयाँ र सहकारीकी अध्यक्ष समेत रहनु भएको रेगिनाको भट्टराई दम्पत्तीको तर्फबाट ७० हजार रुपैयाँका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
दमकको सरकारी दमक अस्पताल सहित एड्भान्स, लाईफलाईन, ओम मेची, नमस्ते, निम्स, आम्दा र दमक हस्पिटललालाई तिन–तिन सेट पिपिई, माक्स, पन्जा र सेनिटाईजर, ईलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा गुल्मलाई ५–५ पिस पिपिई, मास्क, पन्जा र सेनिटाईजर र ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई ३ सेट पिपिई सहित मास्क, पन्जा र सेनिटाईजर उपलब्ध गराईएको छ । त्यसैगरी नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकलाई पनि दुई सेट पिपिई सहितका सामाग्रि वितरण गरिएको उद्योग बाणीज्य संघ दमकका पुर्व अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिए । त्यस्तै दमकको बेल्डाँगीमा रहेको सशस्त्र प्रहरीलाई पनि सुरक्षाका सामाग्रीहरु उपलब्ध गराइएको उनले बताए ।
दमकको सरकारी अस्पतालमा स्वास्थ्य सुरक्षा बिना काममा स्वास्थ्यकर्मीहरु खटिएको देखेर आप्mनो तर्पmबाट सानो सहयोग उपलब्ध गराएको रेगिना प्रसाईंले बताइन् । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नमस्ते अस्पताल दमकका डाक्टर बेधनिधि खतिवडाले कोरोना संक्रमण नियन्त्रणको लागी सबैभन्दा उत्तम उपाय भनेकै व्यक्तिगत दुरी कायम राख्नु पर्ने भएकोले लकडाउनलाई पुर्ण रुपमा पालना गर्नु पर्ने बताए ।
Comments