Sajhamanch Archive

ताप्लेजुङमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

 ताप्लेजुङ । श्रीमती हत्या आरोपमा ताप्लेजुङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । फुङलिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका पासाङ थुन्डुक शेर्पालाई विहिवार पक्राउ गरेको हो ।

शेर्पाले विहिवार विहान ११ बजेतिर ५२ वर्षिया श्रीमती मिङ्मालामू शेर्पालाई कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक विष्णूबहादुर खड्काले जानकारी दिए । प्रहरीका अनुसार आरोपित शेर्पाले मादक पदार्थ सेवनगरि श्रीमतीलाई कुटपिट पछि हत्या गरेका थिए ।

शवको जिल्ला अस्पतालमा पोष्टमार्टम भैरहेको प्रहरी निरीक्षक खड्काले बताए । पक्राउ परेका शेर्पा विरुद्ध जिल्ला अदालत ताप्लेजुङबाट म्याद थपगरि अनुशन्धान भैरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *