उदयपुरमा लुकेर बसेका ८ जना भारतीयमा कोरोना, थप पुष्टिको लागि नमुना काठमाण्डौ पठाइयो
Published: (Updated: )
by .
विराटनगर । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका आठ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएको छ ।
यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।
उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट चार जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।
उनीहरुको सुरुमा र्यापिड टेस्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
र्यापिड टेस्टपछि शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोसी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा आठ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार बिहान काठमाडौं पठाइएको छ ।
शंकास्पदहरुलाई भने विरानगर ल्याउने तयारी भइरहेको छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ ।
त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भने, ‘नातागोता भेट्न भनेर ४/५ दिन अगाडि आएको भन्छन् । तर, वास्तविक कुरा भनेको जस्तो देखिँदैन ।’
उनीहरुले भने आफूहरू सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उदयपुर आएको दाबी गरेका छन् ।
अनलाइन खबरबाट ।
Comments