सडकमै नोट छरेर दुईजना महिला भागे, खोज्दै प्रहरी
Published: (Updated: )
by .
काठमाडौं । दुईजना अपरिचित महिलाले सडकमै नेपाली रुपैयाँका नोट छरेर हिँडेपछि प्रहरीले अनुसन्धान थालेको छ।
शुक्रबा मध्यान्ह साढे १२ बजेको समयमा जनकपुर उप-माहानगरपालिका-६ महावीर चोकस्थित सडकमा अपरिचित दुई महिलाले १० रुपैयाँ दरका करिब १५ वटा नोट छरेर हिँडेको प्रहरीले जनाएको छ। बाटोमा नोट छरेर भागेका ती महिलाको प्रहरी चौकी जनकपुरधामबाट प्रहरी नायब निरीक्षकको टोलीले खोजी थालेको छ।
प्रहरीले ती महिला कोरोना संक्रमणसम्बन्धी शंकास्पद हुन सक्ने बताएको छ। ती नोट बरामद गरी आवश्यक अनुसन्धानको लागि ल्याएर परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ। ‘नोट छर्ने महिलाहरुको खोजी भइरहेको छ’, जिप्रका धनुषााले भनेको छ, ‘नोट छरिएको क्षेत्रलाई सेनिटाइजसमेत गरिएको छ।
Comments