Sajhamanch Archive

एकै दिन १४ जनामा देखियो कोरोना, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाण्डौं । नेपालमा एकैदिन १४ जनमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

त्यस्तै आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई १२ जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी दिए।

‘मलाई काठमाडौंबाट भर्खरै जानकारी भयो। उनीहरू भारतीय नागरिक भन्ने सूचना छ’ उनले भने, ‘अब कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउँछौं।’

उनीहरू एक महिना अगाडि मोरङ, सुनसरी र सप्तरी हुँदै उदयपुर आएको भन्ने बुझिएको छ। अहिले सो मस्जिदमा १६ जना रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए। उनले १६ जनामध्ये १२ जना भारतीय रहेको पनि जनाए। ‘उहाँहरू मस्जिदको ठूलो हलमा हुनुहुन्छ। हामीले निगरानी गरिरहेका छौं,’ उनले भने।

बुधबार १६ जनाकै स्वाब परीक्षण गर्नको लागि कोसी अस्पतालमा रहेको प्रयोगशाला पठाइएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *