मूल्य बृद्धि गरेर सामान बेच्ने भद्रपुरको एक पसलमा कार्वाही
Published:
by .विर्तामोड । झापामा मूल्य वृद्धि र कालो बजारी विरुद्ध अनुगमन तिव्र पारिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा गठित समितीले जिल्लाका विभिन्न ठाउँमा अनुगमन र निरीक्षण गर्दै आएको छ।
शुक्रबार आन्तरिक राजस्व, घरेलु तथा साना उद्योग कार्यालय, वडा प्रहरी कार्यालय भद्रपुर तथा स्थानीय वडा अध्यक्षको संयुक्त टोलीले भद्रपुर स्थित गंगा भण्डार दर्ता नगरी किराना पसल संचालन गरेको र विल बिजक जारी नगरेकोले कार्वाही गरिएको राईले बताए । स्थानीयको मौखिक उजुरीका आधार ११ हजार जरिवाना समेत गरिएको छ।
पसलमा सामान भएर पनि छैन, वा महङ्गो मुल्यमा बिक्रीवितरण गर्नेलाई तत्काल अनुगमन गरि कार्वाही गरिएको जिल्ला प्रशासन कार्यालयका यदुनन्दन दाहालले जानकारी दिएका छन् ।
Comments