Sajhamanch Archive

शिवसताक्षीका मेडिकल सञ्चालक कुँवरद्वारा घर भाडा नलिने घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवतसाक्षी । झापा शिवसताक्षीका एक व्यवसायीले आफ्नो घरमा बसेकालाई घर भाडा नलिने घोषणा गरेका छन् ।

शिवसताक्षी ९ दूधे निवासी अंशु मेडिकल सञ्चालक दिलीप कुँवरले कोरोना भाइरसका कारण देशै ठप्प भएपछि आफुले गर्न सक्ने सहयोग गरेका बताए । उनले भने कोरोना भाइरस सँगको लडाईमा देशमा लकडाउन छ । यस्तो अवस्थामा कुनै पनि व्यापार व्यवसाय चलेको छैन । त्यसैले मेरो घरमा भाडामा रहेका व्यक्ति तथा संघ संस्थाहरुलाई चैत्र महिनाको भाडा मिनाह गरेको हुँ ।

उनको दुईतले घरको माथिल्लो तलामा सिम्रिक बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा रहेको छ । उक्त सहकारी लकडाउन सुरु भएदेखि नै बन्द छ । कुँवरले सो सहकारीलाई ६ कोठाको मासिक १० हजारमा भाडामा दिएका थिए ।

घर भाडा छुट गर्ने कुँवर शिवसताक्षी कै पहिलो व्यक्ति हुन् । उनको यो अभिायन सहकार्य गर्न उनले सबै घर धनीहरुलाई आवाहन समेत गरेका छन् ।

मानव भएर मानवता देखाउने बेला यही हो । उनले भने, सबैले आफुले सकेको सहयोग गरे आफु बाँच्न र अरुलाई बचाउन गाह्रो हुने छैन् । संकटका बेला सबै कामको लागि सरकारको मुख ताक्नु पनि बुद्धिमानी हुँदैन । यसमा नागरिकको भूमिका र दायित्व पनि रहेको उनको भनाई छ ।

लकडानका बेला देश भरीकै व्यापार, व्यवसाय, कल कारखाना ठप्प छन् । व्यापार व्यवसाय गरेर घर भाडा तिर्दै आएका व्यापारीहरु पनि मारमा परेका छन् । बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यावसायी पनि धरासायी हुने देखिन्छ ।
व्यवसायमा कर्मचारीको रुपमा काम गर्ने कर्मचारी, कल कारखानाका मजदुरलाई समेत संकट परेको अवस्था छ ।

कँवुरले अकडानका बेला विपन्न सुमदायमा खाद्य संकट परेको भन्दै सामुहिक रुपमा नगरपालिकाको राहत कोषमा पनि सहयोग गरेका छन् ।

सकारकाले पनि सबै घरधनीलाई एक महिनाको भाडा छुट गर्ने आवहान गरेसँगै शिवसताक्षीमा यो अभियान सुरु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *