दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
Published: (Updated: )
by .
काठमाडौ । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ ।
अब त्यसमा के–के संशोधन गर्ने भन्नेबारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताएका छन् ।
Comments