गुल्मी बसपार्कको घरमा आगलागी, वडाअध्यक्षका छोराको गयो ज्यान
Published: (Updated: )
by .
बैसाख । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदै एक जनाको ज्यान गएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको पूर्णबहादुर खनालको स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १६ वर्षीय समीर खनालको मृत्यु भएको हो ।
खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए । लकडाउनका कारण तीनै जना घरमा थिए ।
आगलागी शुरु हुनासाथ आमा बुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर नसक्दा उनको ज्यान गएको हो । आगलागी शुरु हुनासाथ बुवा आमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।
खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडाध्यक्ष समेत रहेको खत्रीले जानकारी दिए । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी विद्युत सर्ट भएर लागेको जनाइएको छ । आगलागीबाट भएको क्षति विवरण भने आइसकेको छैन ।
आगलागीबाट पसल सञ्चालक खनाल, उनकी श्रीमती रुपा, छोरा सञ्जय घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन् ।
Comments